Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

नेकपामा अबको बाटो : पत्रकार प्रमोद न्यौपानेको दृष्टिकोण

दोस्रो तहका नेताले आ–आफ्नो समूह (गुट) त्यागेको घोषणा गर्ने । र, तीन वटै गुटका दोस्रो तहका नेताले एक भएर स्थायी कमिटीको जारी बैठक अन्त्य गरी केन्द्रीय कमिटीको बैठक बोलाउन लगाउने । केन्द्रीय कमिटी बैठकले अन्तरिम विधानमा जे सुकै व्यवस्था भएपनि निम्न काम गर्ने
(क) समन्वयको लागि बनाए पनि अनाधिकृत कार्यकारी अधिकार प्रयोग गरेर शक्ति संघर्षको थलो बनेको सचिवालय खारेज गर्ने ।
(ख) बामदेव गौतम संयोजक र रामबहादुर थापा सह–संयोजक रहने गरी हालको स्थायी कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने । महाधिवेशनको मिति तोक्ने ।
(ग) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई महाधिवेशन आयोजक समितिको सल्लाहकार बनाउने । नाइनास्ती गरे बहुमतले पेलेरै जाने ।
(घ) महाधिवेशन आयोजक समितिका सल्लाहकार (शीर्ष ४ नेता) र सदस्यबाहेक हालको केन्द्रीय कमिटीको सदस्य पनि चुनिएरै महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गर्ने ।
(ङ) अधिवेशन, महाधिवेशनमा लोकतान्त्रिक प्रतिस्पर्धालाई प्रोत्साहित गरिने छ भनेर केन्द्रीय कमिटीबाटै निर्णय गराउने । यसले मिश्रित नेतृत्व निर्वाचित गर्न सहयोग पु¥याउँदा पूर्व पार्टीको धङधङी हटाउन बल पु¥याउने छ ।


(च) यिसहित बाधा–अड्काउ फुकाउनु पर्ने अन्य आवश्यक निर्णय गरेपछि केन्द्रीय कमिटी पनि भंग गर्ने ।
(२) हालसम्मको गल्ती–कमजोरीका लागि आत्मालोचना गर्न लगाएर, आइन्दा पार्टीको महाधिवेशन आयोजक समितिका सल्लाहकार (शीर्ष ४ नेता) सँगको सल्लाहरपरामर्शमै सरकारलाई थप चुस्त, दुरुस्त बनाउने गरी केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिने ।
(क) शीर्ष नेताकै सल्लाहअनुसार वर्तमान शक्ति सन्तुलनका आधारमा मन्त्रिपरिषद् पुनःगठन गर्ने । प्रधानमन्त्रीले सचिवालय हेरफर गर्ने ।
(ख) प्रधानमन्त्री सरकार र शीर्ष नेता महाधिवेशनमा केन्द्रित हुने । महाधिवेशनमा विचार र नेतृत्वका लागि संघर्ष गर्ने । गुटगत स्वार्थ त्योगेर तीन वटै (ओली, दाहाल, नेपाल) समूहका दोस्रो तहका नेता एकै ठाउँमा उभिए भने तिनले शीर्ष नेतालाई ‘नथ्थी’ लगाउन सक्छन् । त्यो बेला आएको छ । पत्रकार प्रमोद न्यौपानेको ट्वीटरवाट जस्ताको त्यस्तै साभार ।

WRITE COMMENTS FOR THIS ARTICLE