Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

नेपाल वायुसेवा निगमका ३ पाइलट सहित ७ जनालाई कोराना संक्रमण

काठमाडौँ-नेपाल वायुसेवा निगमका पाइलट सहित ७ जनालाई कोरोना संक्रमण देखिएको छ । सोमबार आएको पीसीआर परीक्षण रिपोर्टमा नेपाल एयरलाइन्सका पाइलट सहित ७ जनामा कोरोना पोजिटिभ देखिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।
त्यसमध्ये ३ जना पाइलट र अन्य क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम खड्काले बताउनुभयो । संक्रमितहरु विदेशबाट नेपालीलाई ल्याउन गरिएको उद्धार उडानमा संलग्‍न चालक दलका सदस्य हुन् । निगमले उनीहरुलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा राखेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE