Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

भोटेकोसीमा आएको भीषण बाढीमा दुइजनाको शव फेला, धेरैजना बेपत्ता भएको आशंका

सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आएको भीषण बाढीले दर्जनभन्दा बढी घर बगाएको छ । धेरैजना बेपत्ता भएको आशंका गरिएको छ र दुईजनाको शव फेला परेको छ ।
बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँका घरहरु बाढीले बगाएको हो । बाह्रबिसेको जम्बु बजार डुबानमा परेको छ । गएराति आएको बाढीले बस्ती नै डुबानमा परेको बाह्रबिसे नगरपालिकाले जनाएको छ ।
हालसम्म १८ जना बेपत्ता रहेका छन् । बाढीले अरनि राजमार्गको पुलसमेत बगाएको छ । हालसम्म जम्बु निवासी २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीय छोरीको शव फेला परेको छ । थाकसेलमा पनि बाढीले बस्ती बगाएको छ । सोतागंमा पनि पहिरो गएको छ । बाढीले मध्ये भोटेकोशी जलविद्युत आयोजनाको स्टोर पनि बगाएको छ ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेले बाढीले घरहरु बगाएको र केही व्यक्ति बेपत्ता भएको जनाएको छ । इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले बगाएको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE