Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

‘पठाओ’ का संस्थापक फहिमको आफनै निजी सहयोगीबाट हत्या

श्रावण—३, काठमाडौँ
राइड–सेयरिङ कम्पनी पठाओका संस्थापक फहिम सलेकाे हत्या गरेकाे आरोपमा उनकै सहयोगी पक्राउ परेका छन् । गत सोमबार न्युयोर्कस्थित म्यानह्याटनको अपार्टमेन्टमा फहिमको शव क्षतविच्छेद भएको अवस्थामा भेटिएको थियो । फहिमकाे हत्या आरोपमा उनकै निजी सहयोगी २१ वर्षका टाइरेस ह्यासपिल पक्राउ परेको बीबीसीमा समाचार छ । हत्यापछि टाइरेसले फहिमको क्रेडिट कार्ड प्रयोग गरेको देखिएको प्रहरीको भनाइ छ । हाल यस विषयमा थप अनुसन्धान भइरहेको छ । फहिमले स्थापना गरेको पठाओ कम्पनी बंगलादेश, नाइजेरिया र नेपालमा निकै लोकप्रिय छ । पठाओलाई हुसेन इलिएस र फहिमले संयुक्त रुपमा स्थापना गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE