Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026

रोजगारीका लागि युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

१९ श्रावन, काठमाडौँ
युवालाई रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

चितवन गर्दीकी ४० वर्षीया कमला कुमारी थापालाई प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।

थापाले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितलाई विभिन्न प्रलोभनमा पारी १७ लाख रुपैयाँ ठगी फरार भएको पाइएको माहाशाखाका प्रवक्ता एसपी इश्वर कार्की बताउनुभयो ।
अपराध महाशाखाको टोलीले उनलाई चितवन प्रहरीसँगको समन्वयमा चितवनबाट पक्राउ गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE