कोशी अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु
२२ भाद्र
विराटनगर – विराटनगरस्थित कोशी अस्पताल कोभिड( १९ उपचार केन्द्रमा विराटनगर वडा नं। १० घर भएका एक ७६ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।
यही भाद्र १० गते कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा बस्दै आएका वृद्धलाई श्वास(प्रश्वासमा समस्या आएपछि २० गते कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । कोभिड उपचार केन्द्रको आइसोलेसनमा उपचारकै क्रममा उनको सोमबार बिहान साडे ३ बजे मृत्यु भएको हाे ।
मृतक वृद्धमा उच्च रक्तचापको समस्या रहेको र सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको संयोजक बस्नेतले जानकारी दिनुभयो । यो सँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ४३ पुगेको छ, जसमा प्रदेशभित्रका ३१ जना र प्रदेश बाहिरका १२ जना रहेको प्रदेश १ सामजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा मात्र अहिलेसम्म कोरोना संक्रमणका कारणले मृत्यु हुनेको सख्या १८ पुगेको छ । मोरङ जिल्लाभित्र मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE