काठमाडौंबाट बाहिरी जिल्ला जान थप कडाइ
२५ भाद्र
काठमाडौं-उपत्यका बाहिरिने मानिसहरुका लागि थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार विज्ञप्ति जारी गर्दै उपत्यकाबाट बाहिर जानेहरुलाई थप कडाइ गरिएको जानकारी दिएको छ । कोरोना महामारीका कारण थप कडाइ गर्नुपरेको प्रशासनले विज्ञप्तिमा भनेको छ ।
अत्यावश्यक काम परेको खण्डमा मात्र उपत्यका बाहिर जान पाइनेछ । दाह संस्कार, कर्मचारीको सरुवालगायतका अत्यावश्यक काम परेको खुल्ने विवरण पेस नगरी काठमाडौं उपत्यका बाहिर जान नपाइने जिल्ला प्रशासनको सूचनामा उल्लेख छ । तोकिएका सबै प्रक्रिया र कागजात पेस नगरी काठमाडौं जिल्ला बाहिर आवतजावत गर्न नपाइने सूचनामा उल्लेख छ ।
अत्यावश्यक काम परी बाहिरी जिल्लामा जानु परेको अवस्थामा अब गन्तव्य जिल्लाको प्रशासनले उपलब्ध गराएको आगमन अनुमति, सम्बन्धित स्थानीय तहको सिफारिस लिएर जानुपर्ने व्यक्ति स्वयं जिल्ला प्रशासनमा उपस्थित हुनुपर्ने छ । यसका साथै जानै पर्ने काम पर्ने कागजातसमेत जिल्ला प्रशासनमा पेस गर्नुपर्ने व्यवस्था समेत अनिवार्य गरिएको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE