ठूलो परिमाणमा लागुऔषधसहित तीन भारतीय नागरिक पक्राउ
२५असोज
पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको अधारमा वीरगंज भन्सार कार्यालयबाट जाँचपास भईसकेको कन्टेनर सहितको ट्रकबाट भारि परिमाणमा लागु औषध बरामद गरेको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर २४ बहुअरी चोकबाट एचआर ३८ भि ४८९५ नम्बरको ट्रकबाट चालकको सिटमुनीबाट विभिन्न ब्राण्डका लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल हर्दिया ४ बस्ने २० वर्षीय विक्रान्त पटेल सोही ट्रकमा सवार सोही गाऊँका रामबलक राम, र अकास राम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुवरका अनुसार ट्रकका चालक सहचालक बस्ने सिटको पछाडी फल्स बटन बनाई नुर्फिन, फेनारगन, एम्पुल डाइजेपाम ईन्जेक्सन २ सय ९७-२ सय ९७ पिस र विनक्रयाक्स एकसय एमएलको १२ सय ६ बोतल बरामद भएको हो ।

पक्राउ परेका तीनैजनालाइृ लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम लागु औषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक कुवरले बताए ।
कसुरदार ठहर भए २ वर्षदेखी १० वर्षसम्म कैद र १ लाख देखी बीसलास सम्म जरिवाना हुने ऐनमा व्यवस्था रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE