केएमसी अस्पतालबाट हाम फालेका युवकको मृत्यु
काठमाडौँ, ३ कात्तिक । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको तेस्रो तलाबाट हाम्फालेर एक युवकको मृत्यु भएको छ। केएमसीको तीन तलाबाट हाम फालेका युवकको उपचारको क्रममा मृत्युभएको हो।
उपचार लागि आइतबार साँझ भर्ना भएका सोलुखुम्बूका रोशन खड्काले बिहान ८ः४५ मा हाम्फाल्दा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए। उनको मानसिक सन्तुलन ठिक थिएन।
प्रहरीका अनुसार उनलाई कुरुवा बसेकी आमा औषधि किन्न गएका बखत अस्पतालको तेस्रो तलाबाट हाम्फालेका थिए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE