Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026

सुनको भाउ घट्यो, चाँदी बढ्यो

२० कात्तिक
काठमाडौँ –
बिहीबार सुनको भाउमा झिनो गिरावट आएको छ । बुधबार तोलाको ९६  हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९६ हजार २ सयमा झरेको हो ।

तेजावी सुन पनि आज तोलामा १ सयले नै घटेर ९५ हजार ७ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा भने आज ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४२ हजार ४७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE