Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026

आठौँ राष्ट्रिय पोशाक दिवस सम्पन्न

  • मनिष रञ्जन बराल

१७ पुष,काठमाडौँ –  राष्ट्रिय पोशाक दिवस २०७० साल यता पुस १७ गतेका दिन मनाउने गरेको छ । हाम्रो शान, राष्ट्रिय पोशाक हाम्रो पहिचान’ राष्ट्रिय धरोहर प्रतिष्ठान नेपालले ‘राष्ट्र एक राष्ट्रको पोसाक किन अनेक ?’भन्ने नारासहित शुक्रबार काठमाडौं माइतिघरमा सद्भाव ( याली निकाली राष्ट्रिय पोशाक दिवस मनाइएको छ ।

नेपालमा रहेका सम्पूर्ण जात जातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरूवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएको अभियान्ताहरूको भनाइ छ ।

विश्वजगतलाई नेपाली पोशाक चिनाउने उद्देश्यले आज आठौं राष्ट्रिय पोशाक दिवस मनाइएको प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले जानकारी दिएका छन । ‘‘विगतका वर्षहरुमा पनि हामीले सम्पूर्ण नेपालीको मनमा राष्ट्रिय पोशाक, झन्डाका लागि संघर्ष गर्दै आइरहेका छौँ,’’ उनले भने, ‘‘दौरासुरुवाल, गुन्युचोलो हाम्रो राष्ट्रिय पोशाक हो, सम्पूर्ण नेपालीले यसको संरक्षण गर्न जरुरी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE