म प्रधानमन्त्री बन्न राष्ट्रियसभामा रोजेको भन्ने कुरा गलत हो : बामदेव गौतम
२ माघ
काठमाडौं – नेकपाका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री बन्नका लागि आफुलाई राष्ट्रियसभामा ल्याइएको भनेर गलत प्रचार गरिएको बताउनुभएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो बिकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सभा सदस्य गौतमले आफु प्रधानमन्त्री बन्न खोजेको र राष्ट्रियसभामा रोजेको भन्दै गलत प्रचार गरेको बताउनुभएको हो ।
उहाँले राष्ट्रियसभा प्रतिनिधिसभाको तुलनामा परिपक्व हुनुपर्ने भन्दै कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि भूमिका खेल्ने जिकिर गर्नुभयो ।
गौतमले राष्ट्रिय सभा र प्रतिनिधिसभाबीच मानमर्यादा र काम कारवाहीमा बिभेद रहेको भन्दै बिभेद अन्त्य गर्नका लागि पनि पहल र योगदान गर्ने जिकिर गर्नुभयो ।
त्यस्तै उहाँले संघीय संसदका दुई सदनमध्ये राष्ट्रिय सभालाई कम अधिकार दिएको धारणा पनि राख्नुभयो । पुष २३ गते बसेको राष्ट्रियसभाको बैठकले गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको थियो । मनोनयनपछि गौतम पहिलोपटक समितिमा जानुभएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE