Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

उपत्यकाका तीन जिल्लाका सिडिओहरु बैठकमा लकडाउन गर्न प्रस्ताव

१३ बैशाख काठमाडौँ – उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा लगाउने तयारीबार छलफल गरिएको छ । सोमबार बिहान काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच बसेको बैठकले उपत्यकामा लकडाउन गर्न सरकारसँग प्रस्ताव गरेको जनाइएको छ ।

तीन जिल्लाका सिडिओहरुले एक दर्जनभन्दा बढी सेवा सञ्‍चालनमा रोक लगाइने विषयमा पनि छलफल गरेका छन् ।

यसैगरी बैठकले सार्वजनिक सवारी, रात्रिकालीन सबै व्यवसाय, होटेल रेस्टुरेन्ट, सार्वजनिक सेवालगायत दर्जनभन्दा बढी क्षेत्रमा निषेधाज्ञा लगाउनेबारे छलफल भएको छ ।

जारी रहेको बैठकले केही बेरमै सार्वजनिक सूचना जारी गर्दैछ ।

WRITE COMMENTS FOR THIS ARTICLE