अनुरागका २ मुक्तक
२५ बैशाख, काठमाडौँ-
मुक्तक: राजनीति
झुटको आदर्श भो राजनीति टिक्दैन नैतिकता त्यहाँ !
जो सिक्छ आफु मात्र बाँच्न सिक्दैन नैतिकता त्यहाँ !
राजनीति त प्रजाको भलाईमा हुन्छ जो छैन कसै संग,
हो आदर्श राजनीतिको पैसामा बिक्दैन नैतिकता त्यहाँ !
मुक्तक: तिमी
नबोलेर गयौ तिमी नदेखे झै गरी !
फर्कि फर्कि हेरेँ तिमिलाई मैले घरि घरि !
निउरिएर हिड्यौ तिमि लजाएर हो कि,
नजवाफ नै भएँ मनका प्रश्न थरी थरी !
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE