Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

पछिल्लो २४ घण्टामा ८,९८० संक्रमित, ८,८४८ संक्रमणमुक्त

 ८ जेठ, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १ सय २९ जना कोरोना भाइरस संक्रमितको  निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना संक्रमणमुक्त भएका छन् ।

यो अवधिमा पीसीआर १९,३५७ तथा एन्टिजेन ७४८ गरी कुल २० हजार १ सय ५ जनाको परीक्षण गरिएको थियो, जसमा पीसीआरतर्फ ८ हजार ५ सय ९१ तथा एन्टिजेनतर्फ ३ सय ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसका साथै नेपालमा कुल संक्रमितहरुको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ भने ३ लाख ८३ हजार ६ सय ८४ जना संक्रमणमुक्त भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE