Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

नागरिकता अध्यादेश प्रमाणीकरण भएकोमा खुशी छु : प्रभु साह

जेठ, काठमाडौँ – निवर्तमान शहरी विकास मन्त्री एवम् नेकपा (एमाले) को नेता प्रभु साहले नेपाल नागरिकता अध्यादेश २०७८ प्रमाणीकरण भएकोमा आफू असाध्यै खुशी भएको बताउनुभएको छ  ।

आइतबार राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि नेता साहले आफ्नो अथक प्रयासबाट लाखौं जनताको नागरिकतासम्बन्धी समस्या समाधान हुने अन्तिम विन्दुमा पुगेकोमा हर्षित भएको बताउनुभएको छ    ।

‘नागरिकता नपाएको अवस्थामा लाखौं युवायुवती राज्यविहीन महसुस गर्दै सेवा सुविधाबाट बञ्चित रहेको हुँदा उहाँहरुले नागरिकता पाउनुमा म खुशी छु । यसका लागि प्रधानमन्त्री एवम् राष्ट्रपतिलाई विशेष धन्यवाद दिन्छु’, साहले भन्नुभयो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE