Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

चार सातापछि कोरोनाको संक्रमण ओरालो लाग्छः स्वास्थ्यमन्त्री

चार सातापछि कोरोनाको संक्रमण ओरालो लाग्छः स्वास्थ्यमन्त्री

१० जेठ, काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्ृदयेश त्रिपाठीले अबको चार सातापछि कोरोना संकमण दर घट्ने बताएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले मानिसहरुको आवतजावतमा प्रभाकारी नियन्त्रण नभएकाले संक्रमण दर अपेक्षा गरेअनुरुप घट्न नसकोको बताए । उनले भने, ‘अबको चार सातामा संक्रमणदर क्रमश घट्दै जाने देखिन्छ ।’

पछिल्ला केही दिनको तथ्यांक हेर्दा नेपालमा दैनिक ७ देखि ८ हजार जनामा संक्रमण देखिँदै आएको छ भने २०० हाराहारीको मृत्यु हुने गरेको छ ।
अहिले नेपालमा भारतीय भेरियन्टको रुपमा चिनिने कोरोना संक्रमण फैलिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE