शिक्षा क्षेत्रका लागि १ खर्ब ८० अर्ब रुपैयाँको बजेट, सेनेटरी प्याड वितरणमा ४ अर्ब
१५ जेठ काठमाडौँ – सरकारले आउँदो आर्थिक वर्षको बजेटमा शिक्षातर्फ एक खर्ब ८० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । शैक्षिक नतिजाको आधारमा विद्यालयलाई अनुदान दिइने पनि बजेटमा उल्लेख छ ।
यस्तै तीन वर्षभित्र सबै कक्षाकोठामा प्रयोगशाला, खानेपानी लगायतका कार्यक्रम बजेटमा समावेश छन् ।
कक्षा नौ सम्मको पाठ्यक्रम रङ्गीन पानामा छपाइ गरिने भएको छ । कक्षा १२ सम्म निःशुल्क पाठ्यपुस्तक र छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरणका लागि चार अर्ब रुपैयाँ विनियोजन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE