Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

यस वर्षको एसईईपनि वैकल्पिक विधिबाट गर्न बोर्डले माग्यो मन्त्रालयसँग अनुमति

यस वर्षको एसईईपनि वैकल्पिक विधिबाट गर्न बोर्डले माग्यो मन्त्रालयसँग अनुमति

१६ जेठ, काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा वैकल्पिक विधिबाट गर्ने निष्कर्षमा पुगेको छ । कोरोना संक्रमण सोचे अनुरुप नियन्त्रणमा नआएपछि विद्यार्थीलार्य भौतिक रुपमा उपस्थित गराएर परीक्षा लिन असम्भव देखिएका कारण वैकल्पिक विधिबाट एसईई गर्नुपर्ने निष्कर्षमा बोर्ड पुगेको हो ।

यसका वैकल्पिक विधिबाट एसईई गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागिसकेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनुभएको छ । शनिबार बसेको बोर्ड बैठकले निर्णय गरेर मन्त्रालयसँग वैकल्पिक विधिबाट अनुमति मागेको हो

अब शिक्षा मन्त्रालयले एसईई कसरी गर्ने भन्ने निर्णय दिएपछि त्यसअनुसारको वैकल्पिक विधि अवलम्बन गरिने उहाँले बताउनुभयो ।

गत वैशाख २७ मा एसईई र कक्षा १२ को परीक्षा तत्काल नगर्ने गरी स्थगित गरिएको थियो। गत वर्ष पनि एसईई आन्तरिक मूल्यांकनबाट गरिएको थियो भने कक्षा १२ को परीक्षा नै लिएको बोर्डले यस वर्ष पनि सोही विधि अपनाउने तयारी गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE