Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

संवैधानिक इजलास गठनमा विवादः न्यायाधीशहरुबारे निर्णय भोलि, स्वविवेक प्रयोग गर्न दिइने

संवैधानिक इजलास गठनमा विवादः न्यायाधीशहरुबारे निर्णय भोलि, स्वविवेक प्रयोग गर्न दिइने

१६ जेठ, काठमाडौं– संवैधानिक इजलास गठन सम्बन्धमा देखिएको विवादबारे भएको बहस सकिएको छ। संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि नै वकिलहरुले प्रश्न उठाएपछि भएको बहस सकिएको हो ।

बहसमा दुवै पक्षको तर्क सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले इजलासमा बस्ने नबस्ने निर्णय सम्बन्धित न्यायाधीशले नै गर्ने बताउनुभएको छ ।

प्रधानन्यायाधीश राणा बहस सकिएपछि, ‘इजलासमा बस्ने नबस्ने निर्णय श्रीमानहरु आफै गर्नुहुन्छ’ भन्नुभयो ।

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अगाडि इजलास गठनको विषयमै विवाद भएपछि बहस भएको थियो।

संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि कानुन व्यवसायीहरुले प्रश्न उठाएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE