Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनः कांग्रेस उम्मेदवार दृगनारायण पाण्डे विजयी

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनः कांग्रेस उम्मेदवार दृगनारायण पाण्डे विजयी

१७ जेठ, काठमाडौं– लुम्बिनी प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन्। आज भएको लम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाएको थियो । बिहान ९ देखि ३ बजेसम्मका लागि तोकिएको समयमा मतदानमा कुल २ सय ९७ मत खसेको थियो ।

प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचनमा ३ सय मतदाता थिए।

खड्कालाई जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले साथ दिएको थियो । यस्तै, पाण्डेलाई जसपाको उपेन्द्र यादव–डा.बाबुराम भट्टराई पक्ष, एमालेको माधवकुमार नेपाल समूह, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो ।

पाण्डे एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेका थिए। खड्का एमालेका आधिकारिक उम्मेदवार थिए।

यसअघि गण्डकी प्रदेशमा भएको उपनिर्वाचनमा पनि एमालेका ओलीपक्षीय उम्मेदवार रामबहादुर थापा पराजित भएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE