Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026

मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

२५ जेठ, काठमाडौं– मन्त्रिपरिषद पुनर्गठन सम्बद्ध रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।

अदालतमा आज बसेको न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुको कारण माग गरेको हो ।

यस विषयमा सर्वोच्चले असार ८ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो । सर्वोच्चमा मन्त्रिपरिषद पुनर्गठनका विरुद्धमा ६ वटा रिट दर्ता भएको थियो ।

संसद विघटन गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरीत हुने भन्दै कानून व्यवसायीले अदालतमा रिट दायर गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE