गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरूङको सरकार ढल्यो
२७ जेठ, काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ। नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको मत नपाएको हो।
आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्तावमा मतदान भएको थियो । मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए।
मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको छ।
मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएका थिएनन्। ३ जना सांसद रहेको जनमोर्चाका एक सांसद भने तटस्थ बसेका छन्।
प्रदेश सभामा आज खेलकूद मन्त्री राजिव गुरूङ उपस्थित हुनभएन । उहाँ स्वतन्त्र सांसद हुन।
अब शुक्रबार बिहान ११ बजे प्रदेश सभाको बैठक बस्ने सभामुख नेत्रप्रसाद अधिकारीले बताउनु भयो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE