Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफः विश्वासको मत प्राप्त गरेको यकिन गर्ने अधिकार राष्ट्रपतिको मात्र हो

सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफः विश्वासको मत प्राप्त गरेको यकिन गर्ने अधिकार राष्ट्रपतिको मात्र हो

३ असार, काठमाडौं– राष्ट्रपति कार्यालयले संविधानको अदालतले सर्वोच्चलाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त नगरी संसद विघटन गर्नुको कारण खुलाउँदै सर्वोच्चमा जवाफ पेस गरेको छ ।

राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ बमोजिमको प्रधानमन्त्री नियुक्त गर्दा अपनाइने कार्यविधि एवं निर्णय राष्ट्र प्रमुख एवं संविधानको पालक र संरक्षणको हैसियतमा राष्ट्रपतिबाट नै निर्णय हुने विषय भएको उल्लेख गरेको छ ।

राष्ट्रपति कार्यालयले जवाफ दिँदै ‘संविधानको धारा ७६ बमोजिमको प्रधानमन्त्री नियुक्त गर्दा अपनाइने कार्यविधि एवं निर्णयको लागि राष्ट्रपतिलाई कुनै पदाधिकारीको सिफारिस आवश्यक पर्ने नभई राष्ट्रपतिबाट नै राष्ट्र प्रमुख एवं संविधानको पालक र संरक्षकको हैसियतमा निर्णय हुने विषय हो’, धारा ७६ को उपधारा ५ मा उल्लेख भए बमोजिम नियुक्ति प्रधानमन्त्रीले विश्वासको मत पाउन सक्ने आधार छ वा छैन भनी यकीन गर्ने अधिकार र कर्तव्य स्वयं राष्ट्रपतिको हो ।’

त्यस्तै जवाफमा देउवाले दाबी प्रस्तुत गर्दा दुई दलको मात्र समर्थन पत्र मात्र पेश भएको अन्य दलको नभएको र हस्ताक्षरको सिलसिला नमिलेकोले उनको दाबी विश्वसनीय नलागेको उल्लेख गरेको छ।

यसैगरी प्रधामन्त्री केपी शर्मा ओलीको दाबीमा दलका सदस्यले अर्का दाबीकर्तालाई समर्थन गरेको देखिएको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE