तामाकोशी नदीको बहाव हालसम्म पनि स्थिर, सतर्कता अपनाउन प्रशासनको अपिल
५ असार, काठमाडौँ – जिल्ला प्रशासन कार्यालय दोलखाले हालसम्म पनि तामाकोशी नदीको बहाव स्थिर रहेको जनाएको छ । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले शनिबार बिहानसम्म नदीको बहाव स्थिर नै रहेको जानकारी दिए ।
उनकाअनुसार नेपाल(चीन सीमास्थित तीनग्री काउन्टीको रोङस्या शहर र आसपासका क्षेत्रमा पानी परिरहेकोले जोखिम भने कायमै छ । जुनसुकै बेला बाढी आउन सक्ने जोखिम भएकोले आफूहरू अलर्टमा बसेको उनले बताए । “हाल तामाकोशीको बहाव स्थिर छ,” उनले भने, सीमा क्षेत्रमा पानी परिरहेकोले जोखिम भने कम भएको छैन । चिनियाँ अधिकारीहरूसँग निरन्तर सम्पर्क भइरहेको छ । थप केही भएमा खबर गर्ने चिनियाँ अधिकारीहरूले बताए ।”
रोकिएको भनिएको नदीको बहाव खुलेरनखुलेको बारे भने केही जानकारी नआएको उनको भनाइ छ । “चिनियाँ अधिकारीले हिजो राति नदीको बहाव थुनिएको भन्दै म्यासेज पठाएका थिए,” उनले भने, “लगत्तै हामीले सूचना जारी गरेर सतर्कता अपनाउन आग्रह गर्यौँ । यसबारे थप केही जानकारी आएको छैन ।”
शुक्रबार राति तामाकोशी नदीमा कुनै पनि समय पानीको बहाव बढ्ने भन्दै प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन अपिल गरेको थियो । प्रशासनले खतराको संकेत प्राप्त हुनसाथ सुरक्षित स्थानमा जान र स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायलाई जानकारी गराउन पनि अपिल गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE