Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

वनको कर्मचारी तथा पत्रकार हुँ भनी ठगी गर्ने दुई पक्राउ

वनको कर्मचारी तथा पत्रकार हुँ भनी ठगी गर्ने दुई पक्राउ

६ असार, काठमाडौं– आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका–७ बस्ने ५६ वर्षीय पुष्प प्रसाद सिग्देल र सुनसरी इटहरी उपमहानगरपालिका–६ जुटबिकास बस्ने ५० वर्षीय दधिराम चौहानलाई रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले आफूलाई वनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नु अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भनी डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाइ ठगी गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी उनीहरूलाई रतुवामाईस्थित माईवेनी मिलबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूमध्ये दधिरामको साथबाट नगद २५ हजार ९ सय ९५ रूपैयाँ र पुष्प प्रसादको साथबाट नगद ७ हजार रूपैयाँ बरामद गरेको छ ।

यसका साथै उनीहरुबाट सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचारपत्र लेखिएको १ थान रसिद प्याड, उठाएको रकम अभिलेख भएको १ थान डायरी, १ थान कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचयपत्र, १ थान जनमत साप्ताहिकको संवाददातापरिचयपत्र र १ थान बराह साप्ताहिकको संवाददाता परिचयपत्र समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरू उपर ठगी कसूरमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE