Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

सातामा प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य

१६ असोज, काठमाडौं –यो साता नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार गत साताको तुलनामा ६०० ले मूल्य बढेको हो ।

गत साताको शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ८९ हजार ६०० रुपैयाँ तोकिएको छ । यसबीचमा सुनको मूल्य आइतबार स्थिर थियो ।

यस्तै, सोमबार प्रतितोला ३०० ले बढेको सुनको मूल्य मंगलबार फेरी ३०० ले घटेको थियो । यसैगरी, बुधबार तोलामा ९०० ले बढेको सुने त्यसयताका दुई दिनमा ओरालो लाग्दै शुक्रबार ८९ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यो साता सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । गत साताको शुक्रबार प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको सुनको मूल्य यो साताको शुक्रबार ११ सय ४० रुपैयाँमा आइपुगेको छ।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE