काठमाडौं महानगरमा रोकिएको खोप अभियान भोलीदेखि पुनः सञ्चालनमा आउने
काठमाडौं महानगरमा रोकिएको खोप अभियान भोलीदेखि पुनः सञ्चालनमा आउने
३० जेठ, काठमाडौं– काठमाडौं महानगरमा ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप दिइने भएको छ । खोप अभावमा स्थगित कार्यक्रम खोपको व्यवस्था भएपछि आगामी सोमबार र मंगलबार यो उमेर समुहका नागरिकलाई खोप दिन लागिएको हो ।
काठमाडौं महानगरपालिकाले आज एक विज्ञप्ती जारी गर्दै जेठ ३१ गते सोमबार र असार १ गते मंगलबार खोप लगाइने जनाएको छ । यसअघि उपत्यकाका ६२,६३ र ६४ वर्ष उमेरका नागरिकलाई खोप लगाइएपछि खोप अभियान स्थगित भएको थियो ।
महानगरले वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप लगाउने व्यवस्था मिलाएको जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE