Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

भोली फेरी बस्नेगरि सकियो एमाले कार्यदलको बैठक, बैठक निष्कर्षउन्मुख

भोली फेरी बस्नेगरि सकियो एमाले कार्यदलको बैठक, बैठक निष्कर्षउन्मुख

२३ असार, काठमाडौं– एमाले विवाद समाधानका लागि बसेको कार्यदलको बैठक सकिएको छ । कार्यदलको बैठक निष्कर्षउन्मुख भएको वार्ता टोलीका एक सदस्यले बताए ।

ती सदस्यले वार्ता भोलिसम्ममा एउटा निष्कर्षमा पुग्ने बताए ।

ओली पक्षिय कार्यदलका एक सदस्यले थप तयारीसहित भोलि ११ बजे फेरि बैठक बस्ने गरी आजको बैठक टुंगिएको बताए।

बैठकमा अध्यक्ष र वरिष्ठ नेतासँगको छलफलपछि टुंगोमा पुग्ने सहमति भएको उनले बताए ।

आजको कार्यदल बैठक हुनु अगाडि नेपालपक्षीय कार्यदल संयोजक नेता भीम रावलले माधवकुमार नेपालसँग भेट गरेका थिए ।

एमालेमा जारी विवाद समाधान गर्न दुवैपक्षका दोस्रो तहका नेता सक्रिय छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE