राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्ने व्यवस्था राख्न सकिने वामदेव गौतमको भनाइ
राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्ने व्यवस्था राख्न सकिने वामदेव गौतमको भनाइ
२७ असार, काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष एवम् राष्ट्रिय सभाका सांसद वामदेव गौतमले राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने व्यवस्था गर्नु आवश्यक रहेको बताएका छन्।
आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले नेपालको संविधानले प्रतिनिधि सभाको सदस्यमात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरेकोले त्यसलाई संशोधन गर्नुपर्ने बताए ।
गत वर्ष पनि सो विषय आफूले उठाएको स्मरण गर्दै उनले भने, ‘मलाई प्रधानमन्त्री अध्यक्ष कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नुभयो। मैले मानिनँ। त्यसो भए राष्ट्रिय सभामा उठ्नुस् भन्नुभयो। मैले उठ्दिनँ भनें । किन उठ्नुहुन्नु भन्नुभयो ? मैले भनें, राष्ट्रिय सभा र प्रतिनिधि सभाको बीचको विभेद अन्त्य गरिदिनुहोस्।’
सोही क्रममा जोड्दै गौतमले भने, प्रधानमन्त्रीले कसरी हुन्छ विभेद अन्त्य भनेर सोध्दा आफूले राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था राख्नुहोस् भनेको उनले बताए।उनले कारण दिँदै भने, ‘संसारमा हाम्रो देशमा मात्र बेलायतको नक्कल गरेको हुनाले राष्ट्रिय सभाकाहरूले शासन गर्नु पर्दैन भनेर ठाडो नक्कल भयो। त्यो हटाइदिनुहोस्। संविधान संशोधन गर्नुहोस् भन्दा मेरो यति धेरै चरित्र हत्या भयो’ ।
सोही कुरामा थप्दै उनले भने, ‘म अझ फेरि पनि उठाउन चाहन्छु । यदि राष्ट्रिय सभाको यो हलले मैले भनेको प्रस्ताव मन्जुर गर्छ भने हामीले आज पास गरौं’ ।
प्रधानमन्त्री चयनको अधिकार राष्ट्रियसभामा हुनेबित्तिकै बजेटसमेत सोही सभामा पेश हुन सक्ने उनले तर्क गरे ।
संविधानमा त्यस्तो व्यवस्था नभए परिवर्तन गरिनुपर्ने उनको भनाइ थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE