Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित

२९ असार, कठमाडौं– आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज अपरान्ह १ बजेका लागि निर्धारित स्थायी कमिटी बैठक स्थगित भएको हो ।

दिउँसो २ बजेका लागि प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकाले पूर्व निर्धारित स्थायी कमिटी बैठक स्थगित भएको सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

स्थायी कमिटी बैठकको अर्को मिति भने तय भएको छैन ।

यसअघि पार्टी विवाद समाधानका लागि वार्ता कार्यदलले तयार पारेको १० बुँदे सम्झौता अनुमोदन गर्न सोमबार साँझ बैठक डाकिएको थियो ।

यद्यपि सर्वोच्चको फैसलाका कारण आएको परिस्थितिले गर्दा बैठक अनौपचारिक रुपमा बसेको थियो ।

एमाले स्थायी कमिटी बैठक माधव नेपाल पक्षसहित राख्नेगरी छलफल भइहेको स्रोतले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE