(एमसीसी) सम्झौता जनतालाई झुक्याएर संसदबाट अनुमोदन गराउने षड्यन्त्र : भीम रावल
भदौ २४,काठमाडौँ-नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले सरकारले एमसीसीलाई पठाएको पत्र र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढेको बताएका छन्। दुवै पत्रमा नेपाली जनतालाई झुक्याएर एमसीसी संसदबाट पास गराउने षड्यन्त्र मात्रै भएको उनले बताएका छन्।
नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘यी दुवै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षड्यन्त्रकै उपज हुन्।’
त्यस्तैगरी एमसीसीलाई पठाइएको पत्र र एमसीसीले अर्थमन्त्रीलाई पठाएको पत्रले नेपालको सार्वभौमिकता, स्वाधीनता, सुरक्षा, हित, संविधान र कानून विपरीत गरिएका सम्झौतालाई संशोधन गर्ने बताएका छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE