मुलुकलाई चुनावमा धकेल्न एमालले फेरि षडयन्त्र थाल्यो : अध्यक्ष केसी
१ आश्विन, काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई फेरि निर्वाचनमा धकेल्न नेकपा एमालेले षडयन्त्र गर्न थालेको आरोप लगाउनुभएको छ ।
उहाँले पछिल्लो पुनर्स्थापित संसदलाई फेरि भंग गर्न बाध्य पारेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका एमालेले राज्यका निकायहरुमाथि आक्रमण गरिरहेको आरोप लगाउनुभएको हो ।
शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष केसीले भन्नुभएको छ, ‘पुनर्स्थापित संसदलाई भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि ओली पक्षले निर्वाचन आयोग, सरकार र सभामुखमाथि आक्रमण केन्द्रित गरेको छ । त्यसैले प्रतिगमनविरुद्धको संघर्षको आवश्यका कायमै रहेको छ ।’
एमालेको यो षडयन्त्र चिर्नका लागि समेत हालको सत्तारुढ पाँचदलीय गठबन्धनलाई अझै मजबुत पार्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभएको छ । उहाँले वर्तमान सरकारबाट समेत देश र जनताका समस्या समाधान नहुनेमा आफूहरु विश्वस्त रहेको भए पनि मुलुक प्रतिगमनमा जानबाट रोक्नका लागि मात्र गठबन्धनमा सामेल भएको बताउनुभयो ।
पछिल्लो धेरै विवादमा रहेको अमेरिकी सहयोग एमसीसी भने कुनै हालतमा पनि पारित गर्न नहुने उहाँको अडान छ । जारी विज्ञप्तीमा एमसीसीका विरुद्ध एकल वा संयुक्त संघर्ष जारी राख्ने समेत अध्यक्ष केसीले जनाउनुभएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE