उपप्रधानमन्त्री पाएमात्र अध्यक्ष यादव सरकारमा जाने
७ अश्विन, काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले उपप्रधानमन्त्रीको भागबन्डा पाए अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपा नेपालले उपप्रधानमन्त्री नपाएमा रेणु यादवको नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको हो ।
‘पार्टीको भागमा उपप्रधानमन्त्री मिलेमा अध्यक्ष यादवले नै नेतृत्व गरेर जसपा सरकारमा सहभागी हुनेछ,’ सांसद प्रमोद साहले भन्नुभयो, ‘त्यसो नभए रेणु यादव वा रामसहाय यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने सामान्य छलफल भएको छ ।’ उहाँका अनुसार देउवा गठबन्धन सरकारमा जसपा नेपालले बढीमा पाँच र कम्तिमा चार मन्त्रालय पाउनेछ ।
‘तर २० प्रतिशतले पार्टी बिभाजन गर्ने अध्यादेश प्रतिस्थापन नभइकन जसपा नेपाल सरकारमा सहभागी भने हुने छैन,’ उहाँले अगाडि भन्नुभयो, ‘त्यसका लागि प्रतिस्थापन विधेक तुरून्त ल्याउन आग्रह गरिएको छ ।’ जसपा नेपालले मन्त्रालय कम भएको अवस्थामा २० प्रतिशत कायम राखेर जाँदा पुनः पार्टी विभाजन हुने खतरा औँल्याउँदै आएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE