Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

म्याद सकिएका औषधि र खाद्यान्न बेचे कडा कारबाही गर्ने : गृहमन्त्री खाण

तस्बिर: गृहमन्त्री खाणको सचिवालय

८ आश्विन काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले म्याद सकिएका औषधि र खाद्यान्नलगायत विक्री वितरण गरिएको पाइएमा कडा कारबाही गरिने बताउनुभएको छ ।

बजार अनुगमनसम्बन्धी गृह मन्त्रालयमा बिहीबार बसेको बैठकमा उनले म्याद गुर्जेका औषधि र खाद्यान्नलगायत सामग्री विक्री वितरण गरेको भेटिएमा कडा कारबाही गर्न निर्देशन दिनुभएको हो ।

‘नागरिकको जीवन रक्षा र हितका लागि काम गर्नु राज्यको पहिलो दायित्व हो । त्यो दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौं,’उहाँले भन्नुभयो, ‘म्याद गुज्रेका औषधि र खाद्यान्नहरू विक्री वितरण गरेको पाइएमा कानुनअनुसार कारबाही गर्नुपर्छ ।’

मन्त्रालयमा आपूर्ति व्यवस्थापन, बजार अनुगमन र व्यवस्थापन तथा यातायात व्यवस्थापन लगायतका एजेन्डामा बिहीबार  छलफल भएको थियो । उपभोक्ता अधिकारकर्मी, यातायात व्यवसायी, उद्योगी व्यवसायी र सरकारी निकायका तथा सुरक्षा निकायका उच्च अधिकारीहरू बैठकमा हुनुहुन्थ्यो ।

साथै उहाँले सुपथ मूल्यमा सामग्री विक्री गर्न समेत आग्रह गर्नुभएको थियो। गृहसचिव टेकनारायण पाण्डेले चाडपर्वका बेला बजार व्यवस्थापनमा त्रिपक्षीय सम्बन्ध आवश्यक हुने बताउनुभयो ।

बजार प्रणालीबाट जनस्वास्थ्यमा खेलवाड गर्न नपाइने उल्लेख गरेका उनले खेलवाड गर्न नदिन गृहमन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। ‘बजार प्रणालीबाट जनस्वास्थ्यमाथि खेलबाड हुन नदिन गृहमन्त्रालय प्रतिबद्ध छ,’उहाँले भन्नुभयो, ‘खेलवाड भए नभएकोबारे बजार अनुगमन हुन्छ ।’ उहाँले अनुगमनमा मूल्यसूचीजस्तै स्वास्थ्य मापदण्ड पनि हेरिने बताउनुभयो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE