च्याम्पियन्स लिगमा युभेन्ट्सले चेल्सीलाई हरायो
१४ आश्विन, काठामाडौँ – इटालिनय टिम युभेन्टससँग डिफेन्डिङ च्याम्पियन चेल्सी युरोपियन च्याम्पियन्स लिगमा पराजित भएको छ। बुधबार राति युभेन्टसको मैदानमा सम्पन्न खेलमा चेल्सीले घरेलु टिमसँग १–० गोलको हार बेहोरेको हो।
युभेन्टसको जितका लागि फेडेरिको किएजाले निर्णायक गोल गरेका थिए। पहिलो हाफमा गोलरहित बराबरी भएपछि दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्दै किएजाले युभेन्टसलाई अग्रता दिलाउनुभएको थियो।
यता ७४ प्रतिशत समय बलमा नियन्त्रण राख्दै युभेन्टसको पोस्टतर्फ १६ प्रहार गरे पनि चेल्सीका कुनै प्रहार सफल हुनुभएन। निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले समान १–१ पटक मात्र पोस्टको सही दिशामा प्रहार गर्न सफल हुनुभएको थियो।
सोही क्रममा युभेन्टसले संघर्षपूर्ण जित निकाल्दै समूह एचमा ६ अंक बनाएको छ। दुई जितका साथ युभेन्टस शीर्षस्थानमा छ भने ३ अंक बनाएको चेल्सी दोस्रो स्थानमा छ। यता तेस्रो स्थानमा जेन्टको पनि समान ३ अंक छ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE