माधवको साथ छाडेका १० नेता एमालेमा किनारा लगाइँदै
१५ आश्विन, काठमाडौँ – नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले खुट्टा कमाउनुभएन । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विद्रोह गर्नुभयो । मध्यमार्गी नेता नेपाल ओलीको पेलाईमा पनुृभयो । अन्तमा असह्य भएपछि विद्रोह गर्नुभयो ।
नेपाललाई विद्रोहका लागि सुरुमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायतले साथ दिनुभएको थियो । उहाँहरु कुनै हालतमा ओलीलाई हटाउनुपर्ने नसके विद्रोह गर्नुपर्ने भन्दै लाग्नुभयो ।
नेकपा हुँदा रावल, भुसाल, पाण्डे र भट्टराई ओलीविरुद्ध निकै खनिएको थियो। भट्टराई तत्कालीन नेकपाको ओलीविरोधी समूहको प्रवक्ता नै बनाइयो । जब नेकपा एमाले ब्युँतियो तब रावल, भुसाल, पाण्डे र भट्टराईको आवाज मथ्थर हुँदै गयो ।
पाण्डे मौनप्रायः बस्नुभयो । रावल पनि मथ्थर बन्न थाल्नुभयो । भट्टराई त भित्र भित्र ओलीसँग मिलिसक्नुभएको थियो । माधव नेपाललाई पार्टी फुटाउन हुन्न भन्न थाल्नुभयो । अन्तमा माधव नेपालले कायरहरु भन्दै विद्रोह गर्नुभयो । माधव नेपालले धोका दिएको भन्नुभयो ।
तर, माधव नेपालको साथ छाड्नेहरु अहिले एमालेमा झन् कमजोर हुँदै गएको देखिन्छ । रावल अपमानित हुन थालिसक्नुभएको छ । उहाँको सुदूरपश्चिम प्रदेशको इञ्चार्ज खोसिइसकेको छ । पाण्डे निरिह सावित भईसक्नुभएको छ । भुसाल बेला बेलामा असहमति प्रकट गर्नुहुन्छ मात्र ।
ओलीले पार्टीमा झन् प्रभाव बढाउनुभएको छ । उहाँकै योजना अनुसार विधान अधिवेशन आजबाट सुरु हुँदैछ । विधानमा उमेरहद, प्रतिनिधि चयन, पदाधिकारीलगायत केन्द्रीय सदस्यको संख्या र चयन प्रक्रियाबारे टुंगो लगाउने तयारी भएको छ ।
यी सबै ओली शक्तिशाली बन्ने अभिप्रायले भएको छ । ओलीका सामु कोही बोल्न नसक्ने अवस्था बनेको छ । नीतिभन्दा नेता प्रधान बन्न थालेको छ एमाले । यसअघि विधान महाधिवेशनको प्रतिनिधि ३ हजारसम्म हुने भनिएकोमा ५ हजार पुग्ने भएको छ ।
यसलाई अर्थपूर्ण मानिएको छ । एमालेमा ७ प्रदेशमा ७ जना उपाध्यक्षको प्रस्ताव गरिएको छ । केन्द्रमै उपाध्यक्ष तोकेर प्रदेशको समेत इञ्चार्ज दिने गरिएकोमा फरक तरिका अपनाउन लागिएको छ ।
यो एमालेमा अहिले ओलीइतर समूहमा रहेका उपाध्यक्षहरुलाई लक्षित गरी बनाइएको देखिन्छ । उहाँहरु प्रदेशस्तरमा खुम्चाइने देखिएको छ । ओलीले १० बुँदे सहमति हुबहु कार्यान्वयन नगर्ने स्पष्ट पार्नुभएको छ । यसबारे स्थायी कमिटी बैठकमा छलफल चलेको छ ।
तर, माओवादीबाट आएकाहरुको व्यवस्थापनलाई समेत ध्यानमा दिएर हुबहु कार्यान्वयन नगर्ने ओलीको अडान छ । यो कदमले सुदूरपश्चिममा इञ्चार्ज रहेका भीम रावलको ठाउँमा लेखराज भट्ट नै कायम रहने निश्चितप्रायः भएको छ ।
बागमतीमा रामबहादुर थापा बादल नै कायम हुने देखिएको छ । एमालेमा विगतमा माधवकुमार नेपाल पक्षमा रहेका उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत पेलाईमा पर्नुभएको छ। उहाँहरु ओलीलाई १० बुँदे हुबहु कार्यान्वयनमा दबाब बढाइरहनुभएको छ ।
ओलीले १० बुँदे हुबहु कार्यान्वयन नगरे रावलसहितका नेताहरुले कस्तो कदम चाल्ने हो कि रु चासो बनेको छ । तर, उहाँहरु एमाले छाड्न पनि सक्नुहुदैन त्यहाँ बलियो बन्न पनि सक्नुहुदैन ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE