Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

नेप्सेमा सामान्य सुधार, ७ अंक बढ्दा डेढ अर्बको कारोबार

३१ असार, काठमाडौँ – आज शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य सुधार आएको छ । कारोबार सुरू भएको समयमा केही अंकले घटे पनि अन्तिम समयमा ७ अंकले सुधार हुँदै नेप्से बढेर बन्द भएको हो । आज १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएर ४० लाख ५१ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक ७ अंकले बढेर परिसूचक २००९ अंकमा पुगेको छ ।

यसक्रममा ८ समूहमा गिरावट आएको छ । अन्य समूह २५ अंक, होटल एण्ड टुरिजम समूहमा २० अंक, जलविद्युत समूहमा १७ अंकको गिरावट आउँदा उत्पादनमूलक समूह १४ अंक घटेको छ । यसैगरी, लघुवित्त समूहमा ६८ अंकको सुधार आउँदा जीवन बीमा समूह ३८ अंकले बढेको छ । यसैगरी, बैंक समूहमा १८ अंकको सुधा आएको छ भने विकास बैंक समूह ५ अंक र म्युचुअल फण्ड समूहमा ०।२२ अंकको सुधार आएको छ ।

नेप्से सामान्य अंकले बढ्दा माछापुच्छ्रे बैंकको डिबेञ्चरको मूल्य १० प्रतिशत र नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरको मूल्य १० प्रतिशतले बढेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE