यस्तो छ साउने सोमबारको महत्व
२ साउन, काठमाडौँ – महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार हो । यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ ।
सोमबार भगवान शिवका देवस्थलमा सोबार भक्तजनको भीड लागेको लाग्ने गरेको छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यही विश्वासमा साउन महिनाभर देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ ।
यस महिनामा बोलबम भन्दै सोमबार आएर शिवलाई जल चढाए पुण्य हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ । बोलबम बोलबम भन्दै भक्तालु पहेँलो बस्त्र लगाएर खाली खुट्टामा देवघाट समेत पुग्नेगर्छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE