Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

नेपाल माल्दिभ्ससँग पराजित

काठमाडौं – माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

मालेमा आइतबार राति भएको उद्घाटन खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको हो ।

सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाललाई माल्दिभ्सले ५१-४७ ले हराएको हो ।

रोमान्चक बनेको खेलमा अन्तिम २ मिनेटको समय बाँकी हुँदा माल्दिभ्सले उत्कृष्ट पुनरागमन गर्दै नेपालविरुद्ध जित निकालेको हो ।

अब नेपालले दोस्रो खेलमा मंगलबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै अन्तिम खेलमा नेपालले भुटानसँग बुधबार खेल्नेछ ।प्रतियोगितामा ४ राष्ट्र सहभागी छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE