Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

नेपालमै पहिलोपटक सिन्धुली जिल्लाकी १७ वर्षे किशोरी बनिन् थिकं ट्यांक् संस्थाको कार्यकारी निर्देशक

काठमाडौं – एक दिनका लागि नेपालमा ४ दशक पार गरिसकेको थिंक ट्यांक संस्था इन्स्टिच्युट फर इन्ट्रीग्रेटेड डेभलबमेन्ट स्टडिजको कार्यकारी निर्देशक सिन्धुलीकी १७ वर्षे बालिका गरिमा थापा बनेकी छन् । ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ का अवसरमा ‘गल्स टेकओभर’ अभियानको दोस्मारो दिन आज अक्टोबर १२ तारिखका दिन इन्स्टिच्युट फर इन्ट्रीग्रेटेड डेभलबमेन्ट स्टडिजको कार्यकारी निर्देशकले आफ्नो भूमिकामा एक दिनका लागि सिन्धुलीको १७ वर्षे किशोरी गरिमा थापालाई नेतृत्व हस्तान्तरण गरेकी हुन् ।

अन्तर्राष्ट्रिय बालिका दिवसको शुभकामना दिँदै साथै आफ्नो पद हस्तान्तरण गर्दै डा। बिश्वाश गौचन भन्छन्, ‘गर्ल्स टेक ओवर जस्तो अभियानको अवधारणा नै एकदम राम्रो छ। यो अभियानको बालिका तथा किशोरीहरूको विकासमा निकै महत्वपूर्ण भूमिका छ।’

एक दिनको लागि कार्यकारी निर्देशकको भूमिकामा रहेको किशोरी आफ्नो पदभार ग्रहणको अनुभव सुनाउँछिन्, ‘म १७ वर्षको किशोरी यो ५० वर्ष पुरानो संस्थाको कार्यकारी निर्देशकको कुर्सीमा बस्न पाउँदा आँफूलाई निकै भाग्यमानि महसूस छु।’

पद ग्रहण गरेसँगै उक्त किशोरीले यस्ता संस्थाहरुले अर्थतन्त्रको कुरा गर्दा बाल विवाहका कारण अर्थतन्त्रमा पर्ने असर, सुशासनको कुरा गर्दा किशोरी, युवा महिलाका राजनीतिक अधिकारका बारेमा पनि अध्ययन, अनुसन्धान गर्ने पर्ने र सरकार तथा अन्य निकायलाई यस विषयमा सुझाव दिनु पर्ने कुरा उठाएकी थिइन् । साथै, आइआइडीएसले गर्ने अनुसन्धानहरूमा किशोरी तथा युवा महिलाहरूको सहभागिता, यस संस्थाले लैगिंक समानताको लागि गरेको कार्यहरू लगायतका किशोरीहरू तथा बालिकाहरू सम्बन्धी थुप्रै विषयहरू छलफल पनि गरिन् । विभिन्न जिल्लाका किशोरीहरू मिली तयार पारिएको नौं बुँदे ज्ञापन पत्र गरिमा थापाले परिषद्का कार्यकारी निर्देशकलाई हस्तान्तरण गरिन्।

यस बाहेक, गल्र्स टेक ओभर आज तथा अक्टोबर १२ देशभरका ९ जिल्लामा १०० जना किशोरीहरूले विभिन्न संस्थाहरूमा १०० पदको नेतृत्व लिइ रहेका छन् । पदभार ग्रहण कार्यक्रम ११ अक्टोबर २०२२बाट सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय लैङ्गिक अध्ययन विभागका विभागिय प्रमुख, प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशक, नेपाल पत्रकार महासंघको प्रमुख लगायतको भूमिकामा एक दिनका लागि विभिन्न जिल्लाहरूबाट आएका किशोरीहरूले नेतृत्व हस्तान्तरण भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE