Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नेपाल मगर संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन सुरु

बागलुङ – नेपाल मगर संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन बागलुङ जिल्लामा शुक्रबारबाट आरम्भ भएको छ । दुई दिन चल्ने कार्यक्रमको  उद्दघाटन समारोहमा प्रमुख अतिथिको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोका मगरले मगर संघ कुनै जातजातिको विरुद्धमा स्थापना नभएको बताएका छन् । गण्डकी प्रदेश तमुवान, मगराँत, गण्डक प्रदेशको  उद्घाटन गर्दै रोकाले मगर संघले सबै उत्पीडित समुदायको अधिकारका लागि संघर्षरत हुने बताएका हुन् । मगर संघ कुनै जातजातिको विरुद्धमा स्थापना भएको संस्था होईन, हामी मूलधारमा नसमेटिएका सबै वर्ग र जातिको मुद्दाका लागि आफ्नो अधिकार माग्दै गर्दा अरुको अधिकार खोसेर देउ भनेका छैनौं – उनले भने।’ सरकारले कसैलाई बढी काखी च्याप्ने र कसैलाई हेप्ने गरेका कारणले समस्या सृजना भएको उनको भनाई रहेको थियो।

हामी न्यायोचित समाज निर्माणको पक्षमा हुँदा आफ्नो अधिकारको खोजी गर्दै गर्दा जातिय सद्भाव खलबल्याउने काम भयो भन्ने आरोप पनि लाग्ने गरेको भए पनि आफुहरुले जातिय द्धन्द उपन्न गर्ने नगरेको स्पष्ट पारे । आफ्नो  अधिकार खोज्दा  सद्भाव खलबलिन नहुने र सबै वर्ग समुदायलाई समान राजनितिक अधिकार र अपनत्वको महसुस राज्यले गराएको भए मगर संघको जन्म नै नहुने उनको भनाई छ । नेपाल एकिकरणको नाममा विभीन्न राज्य सञ्चालन गरेर बसेका आदिबासी जनजातिहरुको राज्य खोसिएरबाटै उनीहरुको भाषा संस्कार र संस्कृति मेटाउने काम भएको उनले आरोप लगाए ।

पौष २७ गते पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माताको रुपमा व्याख्या गर्ने गरिएको छ, तर  पृथ्वीनारायण शाहले भूगोल एकिकरण गरे पनि भावना एकिकरण गर्न नसकेको उनको जिकिर छ । ‘पृथ्वीनारायण शाहको सत्ता विस्तार बचाउका लागि मगरहरुले निकै बलिदान गरेका  उनले बताए। नेपालको विविधता यहाँको सौन्दर्यता भए पनि यहाँका शासकहरुले त्यसलाई बोझको रुपमा लिँदा समस्या पैदा भएको उनको जिकिर थियो।

नेपाल मगर संघका पूर्व अध्यक्ष एवं संरक्षक झकबहादुर थापाले नाम मात्रको संघियताले नेपालको मगर तथा आदिवासी जनजातिलाई झन् पीडित बनाएको बताए । अहिले यो प्रदेशको नामाकरणको सवालमा ३४ प्रतिशत मतलाई लत्याएर बहुमतको आधारमा गण्डकी प्रदेश नामाकरण गरिएको बताए ।                          हामीले यहाँको ऐतिहाँसिक पृष्ठभूमिलाई समेत जोडेर तमुवान मगराँत राज्य मागेको र हामीले  एक दिन अवश्य पाउनेछौं’ उहाले भने। मगर संघका निवर्तमान अध्यक्षर सल्लाहकार संयोजक महेन्द्र थापा मगरले अधिकारको आन्दोलन नसकिएसम्म निरन्तर गोलबन्द हुन आग्रह गरे । ‘बन्दुक बोक्नु मात्र लडाँई होईन, हामी अहिले पनि राजनीतिक अधिकार प्राप्तीको लडाँई जारी रहेको बताए। ‘नेपालमा नाम मात्रका संघीयता त्यसको मर्म विपरित छ । त्यसलाई सच्याउनका लागि हामी निरन्तर संघर्षमा छौं ।’

बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठकले राजनीतिक परिवर्तनको लागि मगर समुदायले खेलेको ईमान्दार भूमिका प्रशंसनीय भएको बताए । मोर्चामा अगाडी लगाउने र अवसरमा पछि पार्ने गरिएको जो तपाईहरुको गुनासो छ, अलिकति विभेद भए जस्तो पनि देखिन्छ । हामी सामाजिक सामाजिक एकता कायम गरेर अगाडी बढ्नुपर्छ । डा. पाठकले  राजनीतिक अधिकारको आन्दोलन सकिएकाले आर्थिक अधिकारका लागि समाजवादमा जानुपर्ने बताए ।                              कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेल, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगर, नेकपाका नेता लिलबहादुर थपा, नेपाल मगरसंघ केन्द्रीय उपाध्यक्षद्वय दलबहादर विरकट्टा मगर, गंगा खासु मगर, नेकपा बागलुङका जिल्ला संयन्त्र सदस्य लालबहादुर थापा, नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य यामबहादुर घर्ती, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष लगायतले राज्यले सबै जातजाति र भाषाभाषीलाई समान दृष्टिले हेर्नुपर्नेमा विशेष जोड दिए ।

शुक्रबार सुरु भएको अधिवेसनले ५५ सदस्यीय प्रदेश समिति गठन गर्ने मगर संघ गण्डकी प्रदेश अध्यक्ष खेमबहादुर पुनले बताए । अधिवेसनमा १० जिल्ला र ७४ स्थानीय तहबाट करिब तीन सय प्रतिनिधि सहभागी भएको र सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिने नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापाले जानकारी दिए । कार्यक्रम सञ्चालन मगर संघ प्रदेश सचिव पूर्णबहादुर रानाले गरेका छन् ।

पहिले देखिको जातिबादी राज्यको माघ देखि र समाबेशि न्यायिक अधिकारको माग दुई थरी फरक धार बाट अधिकार खोजिएको सामाजिक अभियान्ता  सीताराम थापाको विश्लेषण छ।

WRITE COMMENTS FOR THIS ARTICLE