Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका आङछिरिङ शेर्पाको अन्त्येष्टि

काठमाडौं । ताप्लेजुङ हेलिकप्टर दुर्घटनाका मृतक यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको अन्त्यष्टि गरिएको छ । शेर्पाको आईतबार बौद्ध परम्परा अनुसार काठमाडौंको टेकू दोभानमा अन्त्यष्टि गरिएको हो । पर्यटन व्यवसायीको रुपमा अन्तराष्ट्रिय क्षेत्रमा समेत परिचित रहनु भएका शेर्पाको अन्त्यष्टिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका पर्यटन व्यवसायीको सहभागिता थियो ।

शेर्पाको अन्त्यष्टिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, काँग्रेस उपसभापति विजयकुमार गच्छदार, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता योगेशकुमार भट्टराई लगायतका नेताको उपस्थिति थियो । नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष समेत रहनु भएका स्वर्गीय शेर्पाले नेपालको पर्यटन क्षेत्रको विकासमा अतुलनीय योगदान पु¥याउनु भएको छ

WRITE COMMENTS FOR THIS ARTICLE