किन हुन्छ बेस्ट क्यान्सर ? जान्नुहोस् क्यान्सरका चार अवस्था
काठमाडाैँ – स्तन क्यान्सर हुनु भनेको मृत्युको पुर्व सुचना हाईन, यस्तो भ्रमयुक्त धारणलाई जतिसक्दो छिटो मनबाट निकालनु पर्छ । यसको शुरु अवस्थामै उपचार गर्यो भन ९० प्रतिशत रोग निको हुने सम्भावना हुन्छ । त्यसैले रोगबाट डराउनरको सट्टा बच्ने उपाय अपनाउन जरुरी हुन्छ । क्यान्सर किराको एक्लो कोशिकाबाट सुरु हुन्छ, जुन ३० देखी ४० दिनसम्म दुुइगुणा हुन्छ । एक सेन्टी मिटरसम्म बढ्नका लागि यसलाइृ केही महिना लाग्छ तर कतिपय अवस्थामा ट्युमर एक सेन्टिमिटरभन्दा ठुलो भएपनि स्थिती भयावह हुँदैन ।
बेस्ट क्यान्सर किन हुन्छ ?
स्तन क्यान्सर हुने प्रमुख कारण जीवनशैलीमा परिर्वनत हुनु हो । परिवर्तित जीवनशैली र अनियमित खानपान एउटा ठुलो कारण हो भने अन्य कार।णमा महिलामा चाँडै महिनावारीको सुरुवात हुनु र ण्लिो बन्द हुनु ढिलो समयसम् मगर्भधारण नगर्नु र स्तनपान नगराउनु पनि हुनसक्छ । स्वास्थ्य नियमको पालना गर्नाले क्यान्सरको जोखिम धेरै हदसम्म कम पार्न सकिन्छ ।
नियमित मर्निङ वाक गर्ने, व्यायाम गर्ने, साथै धुम्रपान, अल्कोहल, पान मसला, गुट्का आदिबाट बँच्नुका साथै सही उमेरमा विवाह, गर्भाधारण र स्तनपानले यस रोगबाट बच्न सकिन्छ । पर्याप्त मात्रामा फलफुल, सागसब्जी खाने र प्रोष्टेड फुड र रेड मिटको मात्रा द्धटाउने, क्यालोरी नियन्त्रण गर्ने । सक्रिय जीवनशैलीको मात्रामा नियन्त्रण गरेर क्यान्सर लगायत कयौँ रोगबाट बँच्न सकिन्छ ।
क्यान्सर छुदा सर्ने रोग हाईन
– चेटपटक वा धक्का लाग्नाले क्यान्सर हुदैँन । तर चोटपटक लाग्नाले यसतर्फ ध्यान जान सक्छ ।
– गर्भनिराेेध साधन प्रयोग गरेकै कारण क्यान्सरको सम्भावना हुदैँन ।
– स्प्रे या डियोबाट क्यान्सु हुदैँन ।
– सेक्सुअल गतिविधीसंग यसको कुनै सम्बन्ध हुदैँन ।
– २० वर्षीय युवती देखी वृद्धसम्म जो कोहीलाई पनि स्तन क्यान्सर हुनसक्छ । यहाँसम्म कि पुरुषलाई पनि स्तन क्यान्सर हुन सक्छ ।
– स्तनमा हुनेवाला ९० प्रतिशत गाँठो पनि क्यान्सररहित हुन्छन् । १० प्रतिशत अवस्थामा मात्रै गाँठो क्यान्सर बन्दछ । तर पनि स्तनमा गाँठा महसुस भयो भने अवश्य जाँच गराउनुपर्छ ।
– रजोनिवृत्तिको लक्षणलाई नियन्त्रण गर्नका लागि यदि हर्मोनथेरापी गराइएको छ भने कतिपय अवस्थामा यो व्रेष्ट कयान्सरको एउटा कारण हुनसक्छ ।
क्यान्सरको लक्षण आफै जान्न सकिन्छ ।
– स्तन या निपलको आकारमा परिर्वतन हुनु, गाठा भएको महसुस हुनु ।
– स्तनबाट सेतो, गुलाबी, पहेँलो, रातो रङ्गको डिस्चार्य हुनु
– पखुरामुनी गाँठा या दाग हुनु र दुख्नु
– सुरूवाती अवस्थामा दुखाई नहुन पनि सक्छ ।
– क्यान्सरका चार अवस्था
सही उपचारको लागि क्यान्सर कुन अवस्थामा छ जान्न जरुरी हुन्छ । शुरुको अवस्थामा क्यान्सर खुल्ला आँखाले देख्न सकिदैँन तर यदि मेमोग्राफीमा कोशिशको मुल संरचनामा गडबडी देखिन्छ भने उपचार गराउँदा विना अप्रेशन नै ठीक गर्न सकिन्छ ।
क्यान्सरका चार अवस्था
– पहिलो अवस्थामा यस्को पहिचान खुल्ला आँखाले गर्न सकिन्छ । तर यसको आकार ५ सेन्टिमिटरभन्दा कम हुन्छ । यो अवस्थामा अप्रेसनबाट उपचार सम्भव छ ।
– दोस्रो अवस्थामा ट्युमर ५ सेन्टिमिटर या यो भन्दा बढी हुन्छ । अप्रेसनबाट उपचार सम्भव छ ।
– तेस्रो अवस्थामा आईपुग्दा स्थिती अलि जटिल भएर जान्छ । क्यान्सर अण्डरआम्र्समा पनि फैलिन सक्छ । यसको उपचारका लागि सर्जरी को साथै किमोथेरापी, रेडियोथेरापीको पनि आवश्यकता पर्दछ ।
– चौथो क्यान्सरको अन्तिम चरण हो । यो अवस्थामा क्यान्सर शरीरको कयौा भागमा फैलिन्छ र यसको उपचार असम्भव हुन्छ ।
शुरुवाती अवस्थामा जाँच र उपचार
यदि माथिको लक्षणहरु देखियो भने चिकित्सकको सल्लाह लिन या जाँच गर्न गराउन जरुरी हुन्छ । व्रेष्ट क्यान्सरको जाँच गर्न प्रभावकारी तरिका हो वायोप्सी जाँच । यो दुई प्रकारको हुन्छ । पहिलो जाँचमा गाँठोबाट थोरै हिस्सा निकालेर माक्रोस्कोपबाट यसलाई चेक गरिन्छ । जसलाई कोर वायोप्सी भनिन्छ । यसको जाँचमा ठुलो सुईको प्रयोग हुन्छ र लोकल एनस्थेसिया दिइन्छ । यसमा १०–१५ मिनेटको समय लाग्छ । दोस्रो किसिमको जाँचमा कुनै ठोस गाँठोबाट सेल निकालिन्छ, यसलाई एफएनसी भनिन्छ । यो जाँचमा मसिनो सुईको प्रयोग गरेर गरिन्छ । जसमा २÷३ मिनेछको समय लाग्छ । यसको कुनै नराम्रो असर हुदैँन । जाँच गर्दा यदि व्रेष्ट क्यान्सु देखियो भने यसपछि जाँच गरिन्छ । ताकी क्यान्सर शरीरको अन्य भागमा फैलिएको छ कि छैन त्यो देख्न सकियोस् । जाँच गर्दा छातीको एक्सरे, पेटको तल्लो भागको अल्टासाउण्ड गरिन्छ । या फेरी दुवै भागको सिटिस्क्यान या एमआरआई गरिन्छ । जाँचको अर्को नयाँ तरिका पेट सिइसटिी पनि आइसकेको छ ।
सर्जरीबाट उपचार
स्तन क्यान्सरको उपचार प्रक्रिया लामो हुन्छ । चिकित्सकीय जाँच, मेमोग्राफ, अल्टासाउण्ड,एफएनएसी गरेपछि क्यान्सरदेखियो भने यसको औपचारिक रुपमा उपचार शुरु गरिन्छ । यसमा छातीको एक्सरे, पेटको तल्लो भागको अल्टासाउ०ड, वोन स्क्यान अथवा पेट सिइसीटी जस्ता प्रक्रिया अपनाइन्छ ।
क्यान्सरको उपचारका लागि ट्युमरलाई सर्जरीद्धारा निकालिन्छ । रेडियशनथेरापी, किमोथेरापी, हर्मोनथेरापी आदि उपष्चार प्रक्रियाका हिस्सा हुन् । सर्जरीमा दुइओटा विकल्प हुन्छन् । डब्ल्युएइए जसमा रेडिएशनथेरापी हुन्छ र व्रेष्ट बचाएर ट्युमर निकाल्ने कोशीस गरिन्छ । यो सर्जरी ट्युमरको आकार र व्रेष्टको स्थितीमा निर्भर गर्दछ । यसको दोस्रो विकल्प हो, मास्टेक्टोमी, यसमा सजृरीद्धारा व्रेष्ट नै हटाइन्छ । यसलाई व्रेष्ट रिकन्स्ट्रक्सन गरिन्छ या फेरी व्रेष्ट इम्लान्ट गरिन्छ । (एजेन्सीकाे सहयाेगमा)
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE