Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

डा. केसीको १९ औँ अनसुन जुम्लामा सुरु

२९ भाद्र

काठमाडौँ चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा.गोविन्द केसी जुम्लामा अनसन बसेका छन् । उनले जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका हुन् ।

नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र ओली सरकारको लुटतन्त्र तानाशाही तन्त्रविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा.गोविन्द केसीले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम संचालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश नं २ र गण्डकी प्रदेश तथा डोटी, डेडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाइनुपर्ने माग राखेका छन् ।

आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संसोधन गरिनुपर्ने लगायतका मागहरु राखेर डा.केसीले अनसन सुरु गरेका हुन् । उनले १६ औं सत्याग्रह पनि जुम्लामा गरेका थिए । पहिलाको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनसन बस्न वाध्य भएको बताए ।

यो समाचार अन्नपूर्ण पोष्टमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE