Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

प्रचण्ड–नेपाल समुहले गर्‍यो ६८ जिल्लाको नेतृत्व चयन x

१० फागुन

काठमाडौं –  पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले रिक्त रहेका विभिन्न जिल्लाको नेतृत्व चयन गरेका छन ।फागुन पहिलो हप्ता बसेको नेकपाको स्थायी समितिको बैठकले बनाएको मापदण्डका आधारमा सबै रिक्त जिल्लाको पदाधिकारी चयन गरेका हुन ।

जसमा प्रचण्ड र नेपाल पक्षबीचमा भागवण्डा नै भएको छ। सहमतिको आधारमा भागवण्डा गरेर संख्या टुंगो लगाइएको नेकपाले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल पक्षले ओलीलाई कारवाही गरेर छुट्टै पार्टीको अभ्यास गरिरहेका छन् ।

सोही आधारमा ओली पक्षका नेताहरुलाई कारवाही गरेर रिक्त रहेका ६८ जिल्लामा प्रचण्ड–नेपाल पक्षले जिल्ला अध्यक्ष र सचिव चयन गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE