Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

अध्यक्ष दाहाल मुद्दाको लिखित जवाफ बोकेर सर्वोच्चमा

१६ फागुन
काठमाडौं –
अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर नेकपा ९दाहाल–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालतमा पुगनु भएको छ ।
प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै दाहालविरुद्ध अधिवक्ता समिर हायुले रिट दायर गर्नु भएको थियो ।

रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न दाहाललाई आदेश दिनु भउको थियो । सोही आदेशअनुसार दाहालले आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न लाग्नु भएको छ ।

काठमाडौंको शान्तिवाटिकामा आयोजित सभामा दाहालले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने ‘लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिनु भएको थियो । त्यो अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्नु भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE