Date
आइत, माघ ६, २०८१
Sun, January 19, 2025

युरोकपः बहुप्रतिक्षित इंग्ल्यान्ड र जर्मनीबीचको खेलमा कस्ले मार्ला बाजी ?

१५ असार, कामाडौं– जारी युरोकपअन्तर्गत आज अन्तिम १६ को पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनी भिड्दैछन्। राति ९ः४५ बजे लन्डनमा सुरू हुनेछ। दुई बलिया उपाधि दाबेदारबीचको यो भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ। यी दुई टोलीमध्ये इंग्ल्यन्डले समूह चरणका तीन खेलमा गोल खाएको छैन भने दुई गोल मात्र गर्न सकेको छ । इंग्ल्यान्डले समूह चरणमा चेक रिपब्लिक र क्रोएसियालाई समान १–० गोलले पराजित गरेको थियो भने स्कटल्यान्डविरुद्ध गोलरहित बराबरी खेल्यो। उता ‘ग्रुप अफ डेथ’का रुपमा चिनिएको समूह ‘एफ’ मा रहेको जर्मनीले हारबाट सुरुवात गरेको थियो । फ्रान्सविरुद्ध १–० ले पराजित भएको जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई ४–२ गोलको स्वाद चखाएको थियो । हंगेरीविरुद्धको खेलमा भने संघर्षपूर्ण रुपमा जर्मनीले २–२ गोलको बराबरीमा सकिएको थियो। जर्मनीले वेम्बलीमा इंग्ल्यान्डविरुद्ध खेलका पछिल्ला सात खेलमा पराजय भोगेको छैन। सात मध्ये पाँच खेलमा जर्मनी विजयी भएको छ भने दुई खेल बराबरीमा सकिएका छन्। यसैगरी अन्तिम १६ को अन्तिम खेलमा आजै १२ः४५ मा स्विडेन र युक्रेन प्रतिस्पर्धा गर्दैछन् । यो खेल स्कटल्यान्डको ग्लाजगोमा हुनेछ। पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको स्विडेनले स्लोभाकिया र पोल्यान्डलाई पराजित गर्दै अन्तिम १६ को स्थान पक्का गरेको थियो । युक्रेन भने उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगेको हो। स्विडेन २०२१ मा आठ खेलयता अपराजित छ। आठ मध्ये एक खेलमा मात्र बराबरी खेल्ने क्रममा स्विडेनले स्पेनसँग गोलरहित बराबरी खेल्यो।

WRITE COMMENTS FOR THIS ARTICLE