कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दै, महाधिवेनको विषयमा छलफल हुने
८ साउन, काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने तय भएको छ।
यसअघि देउवा प्रधानमन्त्री भएपछि पहिलो पदाधिकारी बैठक बालुवाटारमा राखिएको थियो। प्रधानमन्त्री निवासमा पार्टीको बैठक राखेपछि तीव्र विरोध भएकाले कांग्रेसले बालुवाटारमा बैठक नराख्ने निष्कर्ष निकालेको हो।
आजको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको छ। पार्टीको आसन्न महाधिवेशनलाई बैठकको मुख्य मुद्दा बनाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि हुने भनिएको छ। यद्यपि क्रियाशिल सदस्यको विवाद टुंगो नलाग्दा १२ गतेबाट हुने वडा तहको अधिवेशन तोकिएको समयमा नहुने निश्चित भइसकेको छ। यद्यपि सभापति देउवाले भने १४ औं महाधिवेशन २०७८ को भदौमै हुने दाबी गर्दै आएका छन्।
यस्तो अवस्थामा महाधिवेशनको मिति सार्ने विषयमासमेत पदाधिकारीबीच छलफल हुने बताइएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE