घाँसे मैदानमा फसेको श्री एयरलाइन्सको जहाज यसरी निकालिँदैछ
१९ आश्विन,काठमाडौं –मंगलवार विहान काठमाडौवाट नेपालगन्ज उडान गर्ने लाग्दा पार्किङ क्षेत्रबाट धावनमार्गतर्फ जाने क्रममा घाँसे मैदानमा ध’सिएको श्री एयरलाइन्सको जहाजलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ ।
सुरक्षाकर्मी र विमानस्थलका कर्मचारी मिलेर निकाल्ने प्रयास गरिएको हो । विमानको पाङ्ग्रा गएर भुइँमा धसिएको छ। जमिन खनेर पाङ्ग्रा निकाल्ने प्रयास गरिएको छ।
विमानस्थलका कर्मचारीहरुले गल, गैंती लगायतका उपकरण प्रयोग गरी ध’सिएको पाङ्ग्रालाई माथि उठाएर बाहिर निकाल्ने प्रयास गरेको तस्बिरमा देख्न सकिन्।९ एन एएनएफ कलसाइनको क्यू ४००९८ जहाज काठमाडौंबाट नेपालगञ्ज जाने क्रममा थियो । सो जहाज मंगलबार बिहान ९ बजेर ३३ मिनेटमा धावनमार्गमा जाने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँस क्षेत्रमा फसेको थियो।
विमानमा चालक दलका ४ सहित ८० जना यात्रु थिए । विमानमा समस्या आएपछि यात्रुलाई अर्को जहाजमा नेपालगन्ज पठाउन लागिएको छ । जहाजमा कुनै क्षतिभएको छैन । सो जहाज धावनमार्गमा नभएकाले उडान भने सञ्चालन भइरहेक छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE